१. त्यो मान्छेलाई एकदिन उसैको घमण्डले बर्बाद गर्छ जसले कहिल्यै आफ्नो गल्ती देख्दैन ।
२. समय र साथ दुबै एकै हो जो जब समय परिवर्तन हुँदै जान्छ मान्छेको साथ पनि परिवर्तन हुँदै जान्छ ।
३. यदि माया नै सबैभन्दा ठूलो कुरा भैदिएको भए कोहिपनि आफ्नो प्यारो मान्छेलाइ छाडेर टाढा हुने थिएनन् ।
४. निकै खुसी देख्छु तिमिलाइ आजभोली सायद त्यो अनुहारमा खुसी ल्याइदिने कोहि भएर होला ।
५. दुखेको मन भिजेको परेली अधेरी रात अनि कसैको याद बस यसरी नै बित्दैछ जिन्दगी ।
६. आफ्नो चित्त बुझाउन जस्तो अरुको चित्त बुझाउन कहाँ सजिलो हुन्छ र ?
७. संघर्ष बिनाको जिन्दगी कहाँ सजिलो छ र एउटा ढुङ्गालाई मुर्ती बन्न त हथौड़ाको हजारौं चोट खानु पर्छ ।
८. बगैंचामा फुलेको फुललाइ सोध्नुस सुख दुखमा कसरी साथ दिने भनेर जसले विवाहको मन्डप देखि मसान घाट सम्म तपाइलाइ छोड्दैन ।
९. सम्बन्ध जोडेर पो के काम भयो र त्यो सम्बन्धलाई निभाउने खुबी नै नभएपछि ।
१०. बरु एक्लै हिडिन्छ तर झुटा साथ देखाउने साथीसंग हिडिन्न ।
११. कसैको मन जित्नु नै छ भने प्रेमले जित घमण्डले त पाउने होइन गुमाउने मात्र हो ।
१२. अब त तिम्रो याद यति प्यारो भइसक्यो कि मैले त एक्लोपन महशुस गर्न पनि छाडिसके ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
सहि कुरा