प्रेमिल लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन त्रिपन्न

१. सपना सधै सुन्दर हुन्छ्न, डरलाग्दो त यथार्थ हुने गर्दछ ।

२. यस्तै छ जिन्दगी रोए भने आँखा दुख्छ नरोए मन ।

३. जहाँ जति झुकिन्छ त्यहा त्यति नै हेपिन्छ ।

४. गल्ती र प्रेम उस्तै हो गर्नुपर्दैन आफै भइदिन्छ ।

५. समय बित्दै गयो मान्छेहरु चिनिदै गए ।

६. एउटा नारिलाइ दिने सबैभन्दा अमुल्य उपहार इज्जत हो ।

७. एउटाको काख माथी सुतेर अर्काको यादको मज्जा लिन्छ्न आजकलका प्रेमि प्रेमिकाहरु ।

८. धनको पछि दौड्नेहरुलाइ थाहा हुदैन को आफ्नो को पराइ ।

९. मायाको बदलामा मायाकै आश थियो लाखौको भिडमा उ अलि खास थियो ।

१०. कसम त खान सक्दिन तर तारा खस्दा म तिमिलाइ नै मागिरहेको हुन्छु ।

११. भर गर्नु तर भर नपर्नु रहेछ जिन्दगी ।

१२. आश गर्नु तर विश्वासमा नरहनु रहेछ जिन्दगी ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !