प्रेमिल लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन पचपन्न

१. पहिला अलिकती पैसा कमाउनु छ अनि किन्नु छ केही दर्जन आफन्त र जिग्री साथिहरु ।

२. कदर गर्न सिक न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे ।

३. सम्बन्धमा फाटो हैन बाटो बनाउनु होस ।

४. चिन्ताले चितालाइ भन्यो तैले मरेको मान्छेलाई जलाउछ्स मैले जिउदो मान्छेलाइ जलाउछु ।

५. अरुलाइ खुसी बनाउन सक्दैनौ भने दुखी पनि नबनाउ ।

६. माग्दिन प्रभु तिम्रो स्वर्ग, यहि धर्तीमा शान्ति भए पुग्छ ।

७. हामी कसैका लागि त्यही समयसम्म खास हुन्छौ जबसम्म उसले अरु कसैलाइ भेट्दैन ।

८. रगतको नाताले मात्र कोहि आफ्नो हुदैन आफ्नो हुनलाइ आत्मियता र विश्वासको नाता चाहिन्छ ।

९. जो भन्ने गर्छ म तिमिलाइ रुवाउने छैन अक्कसर उसैले रुन पनि बाध्य बनाउछ ।

१०. सुख आउदा नबिर्सिनु उनिहरुलाइ जसले तिमिलाइ दुखमा साथ दिएका हुन्छ्न ।

११. नबोलेर सम्बन्ध चिस्याउन भन्दा धेरै बोलेर सम्बन्ध टुङ्याउनु राम्रो हुन्छ ।

१२. कसैले चिन्दैनन पिर छैन मलाइ तर मुख छोप्न नपरोस कसैले चिन्छ कि भनेर ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !