प्रेरक लाइनहरु

मनछुने लाइनहरु [नवौ भाग]

१. कृतज्ञ छु भगवान प्रती कि आँशुको कुनै रङ्ग दिएनन, नत्र भने बिहानको भिजेको सिरानी ले रातको धेरै रहस्य खोलिदिने थियो ।

२. कति मुश्किल छ जिन्दगीको यात्रा, भगवानले मर्न दिदैन र मान्छेले जिउन दिदैन ।

३. रगत जसको पनि होस रंग सबैको एउटै हुन्छ, कसरी थाहा पाउने पराय को ? र आफ्नो को ?

४. धैर्य र सच्चाई एउटा यस्तो सवारी हो, जो आफ्नो सवारलाई कहिल्यै गिर्न दिदैन न कसको अंगालोमा र न कसैको नजरमा ।

५. पराजय तब हुदैन जब तपाईं खस्नुहुन्छ, पराजय त तब हुन्छ जब तपाईं उठ्नको लागि अस्वीकार गरीदिनुहुन्छ ।

६. पहिलो माया को कुरा जोसित जति नै गरोस जमाना, तर पहिलो माया त “आमा” बाटै शुरु हुन्छ ।

७. ऊ दुश्मन बनेर मलाई जित्न निस्केको थियो, माया गर्नुपर्थ्यो म आफै नै हार्ने थिए ।

८. अचम्मको कहानी छ जमानाको, राम्रो यादहरुलाई पेनड्राइवमा र खराब यादहरुलाई दिलमा राख्ने गर्छन ।

९. आमा र श्रीमती दुवैलाई हमेशा धेरै इज्जत र प्रेम दिउ किनकी आमाले तिमिलाई यो दुनियाँमा ल्याएकी छिन र श्रीमतिले सारा दुनियाँलाई छोडेर तिमीसित आएकि छिन ।

१०. प्रसन्न हुनुको एउटा सरल उपाय यो हुन सक्छ कि केवल उसैसित वास्ता राखौ जोसित हाम्रो मन मिल्दछ ।

११. दोस्रो मौका सिर्फ कहानीहरुले दिन्छ जिन्दगीहरुले होइन ।

१२. लुट्ने गर्छन आफ्नाले नै नत्र भने गैरलाई के थाहा कि दिलको भित्ता कहाबाट कमजोर हुन्छ ।

१३. गन्तव्य यस्तो चाहिन्छ कि जुन दिन हारे पनि त्यो दिन जित्नेहरुको भन्दा बढी मेरो चर्चा होस ।

१४. खराब छु र त अहिले सम्म जिवित छु, नत्र भने राम्रो मान्छेलाई यो दुनियाँ कसले दिन्छ ।

१५. सम्बन्ध बिग्रनुको पहिलो कारण यो हो कि मान्छे “टुट्न” मन पराउछन तर “झुक् ” होइन ।

१६. दिनमा कामले बस्न दिदैन, रातमा कसैको नामले सुत्न दिदैन ।

१७. चाहे आकाशलाई नै शिरमाथी नै उठाउनुस हुन्छ त्यही नै जुन विधाताले रचिसकेको छ ।

१८. मुस्कान झुठो पनि हुने गर्छ साथी, मान्छेलाई देख्न होइन बस् बुझ्न सिक्नुस ।

१९. कसले भन्छ कि आँशु को वजन हुदैन, एक बुन्द आँसु छल्कियो भने पनि मन हल्का भइदिन्छ ।

२०. अरुको दुख-समस्या-बर्बादीमा कहिल्यै आनन्द नलिनुस, र भगवानले पनि तपाइलाई त्यही गिफ्ट नदिउन, किनकी भगवानले त्यही दिन्छन जसमा तपाइलाई आनन्द मिल्दछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!