१. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि साबित गर्ने कोसिस नगर्नुस प्रमाण समय ले आफै दिन्छ ।
२. बस्, मुस्कुराउन सिक्नुपर्दछ रुन त जन्मिने बित्तिकै विरासतमा मिलिसकेको थियो ।
३. फुल जति नै सुन्दर होस, प्रशंसा सुगन्धको हुन्छ, मान्छे जति नै सुन्दर होस कदर उसको गुण र स्वभाव को हुन्छ ।
४. राम्रो दिन ल्याउन को लागि खराब दिन सित पहिला लड्नुपर्दछ ।
५. मुस्कान को ‘मोल’ हुदैन केही सम्बन्धको ‘तौल’ हुदैन, मान्छे त भेटिन्छन् हरेक मोडमा तर हर कोहि तपाईं जस्तै ‘अनमोल’ हुदैन ।
६. सानो मान्छे र सानो “नोट” कठिन परीस्थितिमा काम आउँछ व्यवहार सबैसित राख्नुस ।
७. माया र विश्वास तब पक्का थियो जब मान्छे सच्चा थियो र घर कच्चा थियो ।
८. हरेक मान्छेहरु नुन को जस्तै हुनुपर्दछ जुन भोजन मा रहन्छ तर देखिदैन यदि हुदैन भने त्यसको धेरै कमी महसूस हुन्छ ।
९. जन्म लिनुभएको छ भने केवल साँस मात्र नलिनुस, बाँच्ने उमङ्ग पनि राख्नुस शमशान यस्तो मान्छेहरुको खरानीले भरीएको छ । जसले सम्झिन्थे कि दुनिया उनीहरुको बिना चल्न सक्दैन ।
१०. हात मा टच फ़ोन बस् स्टाटस को लागि राम्रो हुन्छ, सबैको टच मा रहनुभयो भने जींदगी को लागि धेरै राम्रो हुन्छ ।
११. ज़िन्दगी मा थाहा छैन कुन चाहिँ दिन अन्तिम हुन्छ, थाहा छैन कुन चाहिँ रात अन्तिम हुन्छ, मिल्दै जुल्दै कुरा गर्दै गरौ, थाहा छैन कुन चाहिँ भेटघाट अन्तिम हुन्छ ।
१२. कोहि टुट्यो भने उसलाई सजाउन सिक, कोहि रिसायोभने त्यसलाई मनाउन सिक सम्बन्ध त मिल्दछ भाग्यले, बस् त्यसलाई सुन्दरतापुर्वक मनले निभाउन सिक ।
१३. पानी ले तस्वीर कहाँ बन्दछ, इच्छा ले तकदीर कहाँ बन्दछ, कुनै पनि सम्बन्धलाई सच्चा दिलले निभाउ; यो जिंदगी फेरी फर्केर कहाँ मिल्दछ ।
१४. को – कसलाई चाहेर टाढा हुन्छ, हर कोहि आफ्नो परीस्थितिले मजबूर हुन्छ, म त केवल यति जान्दछु हरेक सम्बन्ध “मोती” र हरेक मित्रता “कोहिनूर” हुन्छ ।
१५. पानी बिना नदी बेकार हुन्छ, अतिथि बिना आँगन बेकार हुन्छ । प्रेम हुदैन भने साथी-नातेदारहरु बेकार हुन्छ । पैसा हुदैन भने पकेट बेकार हुन्छ। र जीवन मा मित्रता छैन भने जीवन नै बेकार हुन्छ ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !