प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [चौथो भाग]

१. हाँस्नु र हँसाउनु कोशिश​ छ मेरो, हर कोहि खुशी रहोस, यहि चाहना छ मेरो , चाहे मलाइ याद कसैले गरोस
या नगरोस, तर हरेक लाई याद​ गर्ने यस्तो बानी छ मेरो ।

२. नल बंद गर्दा नल बंद हुन्छ, पानी होइन ! घड़ी बंद गर्दा घड़ी बंद हुन्छ, समय होइन ! दीपक निभाउदा दीपक निभ्दछ, ज्योती होइन ! झूठ लुकाउदा झूठ लुक्दछ, सत्य होइन ! प्रेम गर्दा प्रेम मिल्दछ, नफरत होइन ! दान गर्दा रुपैया जान्छ, लक्ष्मी होइनं ।

३. जन्म आफ्नो हात मा छैन; मर्नु आफ्नो हातमा छैन; तर जीवनलाई आफ्नो तरीकाले कसरी जिउनु यसको कला आफ्नो हातमा हुन्छ; मुस्कुराउदै गर्नुस; सबैको दिलमा मा ठाउँ बनाउदै गर्नुस ।

४. प्रेम ले भरीएको “आँखा”, श्रद्धा ले झुकेको “शिर”, सहयोग गर्दै गरेको “हात”, सत्मार्ग मा हिड्दै गरेको “पाउ ” र सत्य सित जोडिएको “जीब्रो”, ईश्वरलाई धेरै मन पर्छ ।

५. काँचो घर हेरेर कसैसित सम्बन्ध नतोड्नु साथीहरु अनुभव छ मेरो कि माटोको पकड मजबुत हुन्छ सिमेन्ट मा त अक्सर खुट्टा चिप्लिएको देखेको छु ।

६. विश्वास र प्रेम मा एउटै समानता छ : दुवैलाइ कसैले पनि जबरदस्ती पैदा गर्न सकिदैन ।

७. जिंदगी मा शांति सित जिउने  दुइवटा तरीका मात्र छ : माफ़ गरिदिनुस त्यससलाई जसलाई तपाईं भुल्न सक्नुहुन्न; भूलीदिनुस त्यसलाई जसलाई  तपाईं माफ़ गर्न सक्नुहुन्न ।

८. अरुलाई बुझ्नु ” बुद्धिमानी ” हो । आफुलाई बुझ्नु असली ” ज्ञान ” हो । अरुलाई काबुमा राख्नु ” बल ” हो  तर आफुलाई काबुमा राख्नु वास्तविक ” शक्ति ” हो ।

९. कुरा गर्न मजा त ती मान्छेहरुसित हुन्छ जोसित बोल्नको लागि पहिला केही सोच्नुपर्दैन ।

१०. दुनियाको सबैभन्दा राम्रो पुस्तक हामी स्वयम् हौ, आफैलाई बुझ्नुस सबै समस्याको समाधान हुनेछ

११. जहाँबाट मान्छेलाई माया को सबैभन्दा धेरै आशा हुन्छ, उसले सबैभन्दा धेरै दुख पनि त्यही बाट पाउछ ।

१२. एउटा राम्रो चरीत्रको निर्माण हजारपटक ठक्कर खाएर नै बन्दछ ।

१३. ए ! जिन्दगी , तिम्रो हिम्मतलाई सलाम ! थाहा छ गन्तव्य मृत्यु हो फेरि पनि दौडीरहेको छौ ।

१४. मान्छेले नै मान्छेको बाटो काटीरहेको छ, बिरालो त केवल नामले बदनाम छ ।

१५. केही मान्छेहरुको प्यार कहिल्यै बदलिदैन ,जसलाई यो दुनियामा “आमाबाबा” भन्ने गरिन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!