प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [छैठौ भाग]

१. जब पकेट तात्तिएको हुन्छ र पेट भरीएको हुन्छ तब सिद्धान्तको कुरा गर्न धेरै राम्रो लाग्छ ।

२. केही समय बस्ने गर बुढापाकाहरुको माझ , हरेक कुरा गुगल मा भेटिदैन ।

३. जिन्दगी मा कठिन परीस्थिती आउँदा कहिल्यै नआत्तिनुस किनकी दूध फाट्दा उहीँ आत्तिन्छ, जसलाई पनिर बनाउन आउदैन ।

४. एउटा ढोका बन्द हुनु भनेको अर्को ढोका खुल्नु हो, एक जना मान्छेले छोडेर जानू भनेको साढे तीन अरब मान्छेको लागि बाटो खोलेर जानू हो ।

५. रङ्गिन सपना देख्नुभन्दा राम्रो यो हुन्छ कि मान्छेले डटेर जिन्दगीको “ब्ल्याक एण्ड व्हाइट” वास्तविकतालाई सामना गरोस ।

६. त्यो देशमा महिलाको अस्थित्व र सम्मान कसरी चम्किन सक्छ ? जहाँ पुरुषहरुको लडाइमा आमा बहिनीलाई गाली दिने गर्छन ।

७. मैले जिन्दगीलाई सोधे, सबैलाई यति दुख किन दिन्छौ ? जिन्दगीले हासेर जवाफ दियो, मैले त सबैलाई खुशी दिन्छु तर एक को खुशी अरुको दुखको कारण बन्दो रहेछ ।

८. आँसु मुस्कान भन्दा राम्रो किन हुन्छ थाहा छ ? किनकी मुस्कान सबैको लागि हुन्छ र आँसु कोहि खासको लागी ।

९. जमानाको नजरमा थोरै अकडिएर हिड्न सिकिहाल्नुस साथी मैनबत्ती जस्तो दिल लिएर हिड्नुहुन्छ भने मान्छेले जलाउदै गर्छन ।

१०. समयले जब शिकार गर्छ तब हरेक दिशा बाट प्रहर गर्छ ।

११. घडीको सुइ आफ्नो नियम ले चल्छ त्यसैले सबैले त्यसलाई विश्वास छ गर्छ, तपाई पनि त्यसको आफ्नो नियम मा चल्नुस मान्छेले तपाइलाई पनि विश्वास गर्छ ।

१२. सम्बन्ध ताजमहलको जस्तो हुन्छ, सबैले त्यसको सुन्दरता त देख्न सक्छ तर त्यसलाई बनाउनमा लागेको `मेहनत` र `समय´ कसैलाई नजर आउदैन ।

१३. कसैलाई नपाउदैमा जिन्दगी `समाप्त´ हुदैन तर कसैलाई पाएर गुमाउदा पनि केही बाकी रहदैन ।

१४. जिन्दगीमा जब तपाइले कसैसित लामो समयसम्म सम्बन्ध निभाउनुछ भने आफ्नो दिलमा एउटा चिहान बनाउनुस, जहाँ तपाइले उसकोआफ्नो गल्तिहरुलाई गाड्न सकियोस ।

१५. नगर्नु नजरअन्दाज उसलाई जसले तिमिलाई धेरै पर्वाह गर्दछ, नत्र पछि थाहा हुनेछ कि ढुङ्गा जम्मा गर्दा-गर्दै तिमिले हिरा गुमाइदियौ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!