प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [सातौ भाग]

१. जुन धागोको गाँठ फुस्किन सक्छ, त्यसमाथी कैंचि कहिल्यै नचलाउ ।

२. आधा दुख गलत मान्छेमाथी आशा राखेर हुन्छ र आधा दुख सच्चा मान्छेमाथी शंका गरेर हुन्छ ।

३. `घाउ´ लुकाउनु पनि एउटा कला हो साथी नत्र यहाँ हरेकको मुठ्ठिमा `नुन´ हुन्छ ।

४. पैसा बोल्दैन तर सबैको बोल्ती अवस्य बन्द गरीदिन्छ ।

५. पहिले जस्तो रङ छैन अब यो जिवनको रङ्गोलिमा, थाहा हुदैन कति विष भरीएको हुन्छ मान्छेहरुको बोलिमा ।

६. जब जिम्मेवारी को बोझ टाउको माथी आउँछ नि अनि थाहा हुन्छ यो मोजमस्ती र ऐयासी कस्तो हुन्छ ।

७. आज चाहे जति नै महंगो जुत्ता लगाउनुस, तर त्यस्तो फिलिङ कहिल्यै आउदैन जुन बचपनमा पिं पिं खालको जुत्ता लगाएर आउथ्यो ।

८. अनुभव उमेर ले होइन परीस्थितीहरु बाट मिल्दछ ।

९. ईच्छा पूरा हुदैन भने क्रोध बढ्दछ, ईच्छा पूरा भयो भने लोभ बढ्दछ ।

१०. प्रेम र मित्रतामा के फरक हुन्छ ? प्रेमले भन्छ ” तिमिलाई केही भयो भने म जिउदो रहन सक्दिन ।” अनि मित्रताले भन्छ ” जबसम्म म जिउदो छु, तिमिलाई केही हुदैन ।”

११. एउटा सानो माछाले आफ्नो आमालाई भन्यो “हामी पानीमा किन बस्छौ, जमिनमा किन बस्दैनौ ?” तब आमाले जवाफ दिइन “छोरा, हामी fish हौ, हामी पानीमा बस्छौ । जमिनमा त सब Selfish बस्छन ।”

१२. यदी हामी `हल´ को हिस्सा होइनौ भने हामी `समस्या´ हौ ।

१३. जब आफ्नो आँखा नै बन्द छ भने अँध्यारोको के दोष ।

१४. सफलता कुनै वस्तुको नाम होइन, यो त एकदमै सिस्टमेटिक अभ्यासको परिणाम हो ।

१५. भोको पेटले झण्डा बेचिरहेको छ र जसको पेट भरीएको छ उसले देश बेचिरहेको छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !