प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [नावौ भाग]

१. जुनदिन किसान आफ्नो लागि जिउछ त्यो दिन दुनिया भोको हुन्छ ।

२. जब दुश्मनले पनि दिनरात तपाइको कुभलो चिताउन थाल्छ भने सम्झिहाल्नुस कि उसलाइ पनि तपाइको सफलताको बारे भरोसा भइसकेको छ ।

३. जो पत्थर चोट खाएर फुटछ, त्यो कंकड बन्छ। जो चोटलाई नै सहन्छ, त्यो शंकर बन्छ ।

४. बदलिन त मान्छे बदलिन्छ, समय त सिर्फ एक बहाना हो ।

५. एउटा घडी किनेर हातमा के बाधे समय त पछाडी नै पर्न थाल्यो ।

६. जब कोहि देखेर पनि नदेखेको जस्तो गर्छ भने बुझिहाल्नुस कि उसको नजर तपाईं माथी नै छ ।

७. मान्छेहरुको बस्तिमा बस्छु हजुर, कसले भन्छ कि म खतराको खेलाडी होइन ।

८. शंका गरेर बर्बाद हुनुभन्दा त भरोसा गरेर टुट्नु राम्रो हुन्छ ।

९. माछाहरु यो सुनेर धेरै नै खुशी भए कि, अब मान्छेले नै फसाउन थालेका छन मान्छेको जालमा ।

१०. कठिन समयमा नै सबैको रङ देखिन्छ, दिनको उज्यालोमा त पानीपनि चाँदी जस्तो देखिन्छ ।

११. सम्हालिएर बस्नु उनिहरुसित जसको दिलमा पनि दिमाग हुन्छ ।

१२. मान्छेले धोका तब दिन्छ जब तपाईं मौका दिनुहुन्छ ।

१३. बिनम्रता एउटा यस्तो चिज हो जुन हरेक मुस्किल समयमा प्रमाण पत्रको काम गर्द छ ।

१४. सम्भव र असम्भव के हो ? त्यो त सब आडम्बर हो, असली शक्ति त त्यो हो जुन तिमिभित्र छ ।

१५. यदी तपाईं उन्नतीको लागि अग्रसर हुनुहुन्न भने यसको मतलब यो हो कि तपाईं पछाडी गइरहनुभएको छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!