१. अक्सर जिन्दगीको सवाल, जिन्दगीको जवाफभन्दा धेरै कठिन हुन्छ ।
२. मृत्युले जिन्दगी खतम हुन्छ तर सम्बन्ध होइन ।
३. मानेकी उचाइमा चढ्नु कठिन हुन्छ तर माथीबाट दृश्य पनि अलग देखिन्छ ।
४. राम्रो समय कहिल्यै आउदैन बल्की समयलाई राम्रो बनाउनुपर्दछ ।
५. यो दुनियाँबाट एकदिन सबैलाई जानुछ यसलाई कहिल्यै पनि आफ्नो स्थायी घर नठान ।
६. धोका एक विकल्प हुन्छ न कि कुनै गल्ति ।
७. जिन्दगीले सबैलाई एउटै सन्देश दिन्छ, यो कहिले रोकिदैन ।
८. जिब्रोलाई सुधार सम्बन्ध जिन्दगी आफै सुध्रीन्छ ।
९. सल्लाह त खुब दिन्छौ `खुशी हुने गर´ कहिलेकाही कारण पनि दिदिने गर ।
१०. जिन्दगी भिडियो गेमको जस्तो भइसकेको छ, एउटा लेबल क्रस गर्यो कि अर्को लेबल अझ मुश्किल भइदिन्छ ।
११. यो सत्य हो कि खुशिहरु त आफ्नाले नै दिन्छन, तर दुख दिनेहरु पनि पराय हुदैनन ।
१२. मुहार त फेरि पनि मुहार हो, मलाइ त तिम्रो नामको मान्छे पनि राम्रो लाग्दछ ।
१३. समस्यामा यो नसोच्नुस कि अब को काम आउँछ ? बल्की यो सोच्नुस कि अब को छोडेर जान्छ ?
१४. हद पार गर्ने पनि एउटा हद हुन्छ ।
१५. प्रेम गर्नुभन्दा पहिला धेरै पैसा कमाइहाल्नु साथी गरीबको प्रेम अक्सर बिचबजारमा निलाम हुने गर्छ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
मर्मस्पर्शी, धन्यबाद!
साधुवाद!