प्रेरक लाइनहरु

पन्ध मनछुने लाइनहरु [तेह्रौ भाग]

१. प्रेम “विश्वासमा” रोपिन्छ, “भरोसामा” बढ्छ “श्रद्धामा” फक्रीन्छ, “आशामा” जिउछ “आधुनिकतामा” घायल हुन्छ, “महत्वकांक्षाले” बिरामी पर्छ र “शंकाले” मर्छ ।

२. जब शिशाको रियाकमा राखेर जुत्ता बिक्री हुन्छ र पुस्तक फुटपात बेचिन्छ भने बुझ्नुस कि दुनियाँलाई ज्ञानको होइन जुत्ताको जरुरी छ ।

३. माथी उठ्नको लागि पखेटाको आवश्यकता त पंछिहरुलाई पर्दछ , मान्छे त जति विनम्रताले झुक्दछ त्यति नै माथी उठ्छ ”

४. कसैले क्या सत्य भनेका छन ।
ए ! मृत्यु , अलिकती पहिले नै आउनु गरीबको घरमा, कफनको खर्च औषधीमै सकिन्छ ।

५. समय नै मिल्दैन मलाई दुखी हुन, किनकी आशा नै राख्दिन म धेरै खुशी हुन ।

६. दाइजोमा बुहारीले के ल्याइन , यो सबैले सोधे , तर एउटी छोरीले के के छोडेर आइन यो कसैले सोचेनन ।

७. एउटा मित्रले सोध्यो , तपाई सबैसित विचार बाड्नुहुन्छ, तपाइले के पाउनुहुन्छ ? मैले हाँसेर भने, लिनु र दिनु त व्यापार हो र जो दिएर केही माग्दैन त्यही त प्यार हो ।

८. एउटा बुवाको डायरीमा लेखिएको थियो : मेरो छोरा तबसम्म मेरो हो जबसम्म उसलाई पत्नी मिल्दैन ! तर मेरो छोरी तबसम्म मेरो हो जबसम्म मेरो जिन्दगी सकिँदैन ।

९. दिल ठूलो भयो भने मित्र बन्छन, दिमाग ठूलो भयो भने दुश्मन ।

१०. केही सवालहरु को जवाफ सिर्फ समयले नै दिन सक्छ ।

११. म चिजहरुलाई त्यसरी देख्दिन जसरी त्यो छ, म त्यसरी देख्छु जसरी म छु ।

१२. हरेक मान्छेमा कुनै न कुनै प्रतिभा हुन्छ, तर मान्छे अरुको जस्तो बन्ने कोसिसमा यसलाई नष्ट गरीदिन्छ ।

१३. मान्छे यति डरपोक छ कि सपनामा पनि डराउछ र यति निडर कि जब उ जाग्छ तब भगवानसित पनि डराउदैन , कमाल छ ।

१४. समय यस्तो गाडी हो जसमा न ब्रेक छ न गियर , तर यसलाई कसरी चलाउने यो तपाइको हातमा छ ।

१५. खराब धर्म होइन मान्छे हुन्छन र खराब मान्छेको कुनै धर्म छैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !