प्रेरक लाइनहरु

यी लाइनहरुले छुनसक्छ तपाइको मन [पहिलो खण्ड]

१. नजर खराब भयो भने चिकित्सकले ठिक गरिदिन्छ तर ” नजरिया ” खराब भयो भने यसको उपचार स्वयमको अतिरिक्त कसैले गर्न सक्दैन ।

२. बिन्दास मुस्कुराउ के दुख छ, जिन्दगीमा टेन्सन कसको कम छ, राम्रो र खराब त केवल भ्रम हो
जिन्दगीको नाम नै कहिले खुशि कहिले गम हो ।

३. झुठ बोल्दथ्यौ कति फेरि पनि सच्चा थियौ हामी, त्यो दिनको कुरा हो जब बच्चा थियौ हामी ।

४. ए ! जिन्दगी म पनि यात्री हुँ तिम्रो छायाँ को तिमी जहाँ भन्छौ त्यही ओर्लिनेछु ।

५. जिन्दगीको हरेक बिहान केही शर्त लिएर आउछ र हरेक साँझ केही अनुभव दिएर जान्छ ।

६. गन्तव्यको पथबाट नै वेपत्ता गरिदिन्छन हर कोहि सित बाटो सोध्नु राम्रो हुदैन ।

७. बिना कपडा आउछौ यो दुनियाँमा, बस एक कफनको लागि यत्रो यात्रा गर्नुपर्दछ ।

८. थाहा छैन मेरो मृत्यु कस्तो हुन्छ, तर यो तय छ कि मेरो जिन्दगी भन्दा सुन्दर हुन्छ ।

९. जब ज्यान प्यारो थियो तब दुश्मन हजार थियो , अब मर्ने इच्छा भयो हत्यारा भेटिदैन ।

१०. समय – समयको कुरा हो , आज तिमी बदलिएको छौ भोलि समय बदलिनेछ ।

११. सफल मान्छे ` आफ्नो फैसला ´ ले दुनियाँ बदल्दछ र असफल मान्छे दुनियाँको डरले ` आफ्नो फैसला ´ बदल्दछ ।

१२. जिन्दगी जिउनु छ भने ” कठिनाइ ” त आउँछ नै , नत्रभने मरेपछी त जलेको पनि महसुस हुदैन 

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!