प्रेरक लाइनहरु

यी लाइनहरुले छुनसक्छ तपाइको मन [चौथो खण्ड]

१. अरुमाथी आश्रित मान्छेलाई जिन्दगीभर अपमान सहनुपर्ने हुन्छ ।

२. हरकोहि भेटिन्छ यहाँ लगाएर सत्यको नकाब, कसरी चिन्नु को राम्रो छ को खराब ।

३. दुख , दर्द , डर जे पनि होस् तिमिभित्र नै छ, आफैले बनाएको पिजंडाबाट बाहिर निस्किएर हेर तिमी पनि अलेकजेण्डर हौ ।

४. जोसित धैर्य छ र मेहनत गर्नबाट डराउदैन सफलता उसको दासी हो ।

५. धेरै मुश्किल हुन्छ त्यो मान्छेलाई लडाउन , जसलाई हिड्न ठोकरहरुले सिकाएको हुन्छ ।

६. एउटै समानता छ चङ्गा र जिन्दगीमा उचाइमा रहुन्जेल मात्र वाहवाही हुन्छ ।

७. घटिया मान्छेहरुको सबैभन्दा ठूलो पहिचान यो हो कि त्यसलाई तपाईं जति धेरै इज्जत दिनुहुन्छ त्यसले तपाइलाई त्यति नै धेरै दुख दिन्छ ।

८. ईमान्दारीता एउटा जिवनशैली हो, जसलाइज अपनाउन को लागि लगातार अभ्यास को आवश्यकता पर्दछ ।

९. कसैको पिठ्यु पछाडी एउटा काम गर्नु सहि हुन्छ त्यो हो, त्यसको लागि प्रार्थना ।

१०. फिल्म नै त हो जिन्दगी , हरेक केही समय मै सिन बदलिन्छ ।

११. हरेक व्यक्ती कुनै न कुनै कुरामा म भन्दा उत्तम हुन्छ र म त्यसैसित यो कुरा सिक्छु ।

१२. मेरो अनुभव छ कि जो व्यक्तिमा कुनै अवगुण हुदैन त्यसमा गुण पनि धेरै कम हुन्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !