१. धोका दिनु त हरेक मान्छेको “काम” हुन्छ, बाध्यता त बस् लुकाउनुको “नाम” हुन्छ ।
२. इज्जत र प्रशंसा माग्ने गरिदैन कमाउने गरिन्छ ।
३. केही मान्छेहरु माथी उठ्नको लागि कुनैपनी हदसम्म तल खस्न को लागि तयार भइदिन्छन ।
४. मान्छेहरु खराब हुदैनन , बस् तपाइको मतलब को लागि हुदैनन त्यसैले खराब लाग्छ ।
५. जो तपाइको कुरा सुन्ने समयमा यताउता हेर्छ त्यसको कहिल्यै भरोसा नगर्नुस ।
६. जो कसैलाइ खराब गर्दैन त्यो भगवानसित डराउदैन ।
७. सबैलाई अलग – अलग प्रकारको ” नशा ” छ ,
मेरो त केवल सबैलाई खुशी पार्ने ” नशा ” छ ” ।
८. त्यो चिठ्ठीको जस्तै भएको छ जिन्दगी , जुन बिना ठेगान लेखेर छोडिदिएको हुन्छ ।
९. जमाना पनि अजिबको छ , यसले असफल मान्छेहरुको मजाक उडाउछ र सफल मान्छेहरुसित जल्ने गर्छ ।
१०. चुप लाग्नु श्रेयस्कर हो , जमानाको हिसाबले , धोका खाने गर्छन अक्सर बोल्ने मान्छे ।
११. जब देखि फैलिएको छ घुस को रोग , अरबौ मा बिक्न थालेका छन दुई कौडीको मान्छेहरु ।
१२. हातको रेखा पनि कस्तो अचम्मको छ , मुठ्ठिमा छ तर काबुमा छैन ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
Yes its right