प्रेरक लाइनहरु

१६ शुन्दर लाइनहरु

१. प्रत्येक सफल व्यक्तिको पछाडी एक संघर्षपूर्ण कहानी हुन्छ, प्रत्येक संघर्षपूर्ण कहानीको अन्त्य सफलतामा हुन्छ ।

२. डर र साहसका दुई अर्थ छन्, एक सबैथोक बिर्सिएर भाग्नु, दुई सबैथोक सहएर अघि बढ्नु ।

३. जिन्दगी बक्सिङ गेम जस्तै हो । लड्दैमा तिमी हारेका हुदैन, तिमी त्यतीबेल हार्छौ जब लडिसकेपछी उठ्दैनौ ।

४. तिमी आफ्नो मुहार उज्यालो तर्फ फर्काउ अनी छाया स्वतः तिम्रो पछी पर्नेछ ।

५. प्रत्येक चिज दुइ अवस्थामा मूल्य वान लाग्छन्, एक पाउनुभन्दा अघि दुई गुमाइसकेपछी ।

६. नभन बरू देखाउ, नबोल बरू गर, बाचा नगर बरू प्रमाणित गर अनि मात्र सबैथोक असल हुनेछ ।

७. सबै शुन्दर चिजहरू असल हुदैनन् तर सबै असल चिजहरू शुन्दर हुन्छन् ।

८. सपना त्यो होइन जुन तिमी निदाउदा देख्छौ, सपना त त्यो हो जसले तिमीलाई निदाउन दिदैन :

९. समय ठिक चलिरहदा गल्ती पनि मजाक बन्छ तर समय खराब हुदाँ मजाक पनि गल्ती बन्छ ।

१०. यसरी हास्नु की जस्तो की तिमी कहिल्यै रोएकै थिएनौ, यसरी खेल्नु कि तिमी कहिल्यै हारेका थिएनौ, यसरी माया गर्नु की कहिल्यै घात हुनेछैन अनी यसरी जिउनु की भोली भन्ने चिजै छैन ।

११. हामी आफैले आफैलाई मूल्यांकन गर्नुपर्दा ‘मैले के के गर्न सक्छु’ भनी गर्छौ तर अन्यले मूल्यांकन गर्दा ‘तिमीले के के गर्यौ’ सो मात्र हेर्दछन् ।

१२. शुन्दर रुपले भन्दा शुन्दर मनले सुन्दर जीवन बनाउछ ।

१३. खुसी केवल त्यही व्यक्तिहरू लाई मात्र प्राप्त हुन्छ जसले अरूलाई खुसी बनाउन प्रयासरत रहन्छ ।

१४. संसारमा ती मान्छे मात्र दुखी छ्न जो सुखको पछि दौडने गर्छन, जस्ले दु:खको सामना गर्छ वास्तवमा तिनीहरु नै सुखी हुन्छन ।

१५. सबै भन्दा पहिला त्यो व्यक्तिलाई खुसी बनाउनु होस् जसलाई हरेक दिन तपाईले ऐनामा देख्नु हुन्छ ।

१६. जिन्दगीमा कसैलाई पनि बेकारको नसम्झनुस् किनकी बन्द घडीले पनि दिनको दुई पटक सही समय दिन्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !