१. नजर खराब भयो भने चिकित्सकले ठिक गरिदिन्छ तर ” नजरिया ” खराब भयो भने यसको उपचार स्वयमको अतिरिक्त कसैले गर्न सक्दैन ।
२. बिन्दास मुस्कुराउ के दुख छ जिन्दगीमा टेन्सन कसको कम छ, राम्रो र खराब त केवल भ्रम हो जिन्दगीको नाम नै कहिले खुशि कहिले गम हो ।
३. झुठ बोल्दथ्यौ कति- फेरि पनि सच्चा थियौ हामी, त्यो दिनको कुरा हो- जब बच्चा थियौ हामी ।
४. ए ! जिन्दगी म पनि यात्री हुँ तिम्रो छायाँ को, तिमी जहाँ भन्छौ त्यही ओर्लिनेछु ।
५. जिन्दगीको हरेक बिहान केही शर्त लिएर आउछ र हरेक साँझ केही अनुभव दिएर जान्छ ।
६. गन्तव्यको पथबाट पनि नै वेपत्ता गरिदिन्छन, हर कोहि सित बाटो सोध्नु राम्रो हुदैन ।
७. बिना कपडा आउछौ यो दुनियाँमा… बस एक कफनको लागि यत्रो यात्रा गर्नुपर्दछ ।
८. थाहा छैन मेरो मृत्यु कस्तो हुन्छ… तर यो तय छ कि मेरो जिन्दगी भन्दा सुन्दर हुन्छ ”
९. जब ज्यान प्यारो थियो तब दुश्मन हजार थियो, अब मर्ने इच्छा हुदा हत्यारा भेटिदैन ।
१०. समय – समयको कुरा हो, आज तिमी बदलिएको छौ भोलि समय बदलिनेछ ।
११. सफल मान्छे `आफ्नो फैसला´ ले दुनियाँ बदल्दछ र असफल मान्छे दुनियाँको डरले `आफ्नो फैसला´ बदल्दछ ।
१२. अरुको मुख बन्द गर्न सक्नुहुन्न तर आफ्नो कान बन्द गरेर आफ्नो अभियान मा लाग्न सक्नुहुन्छ ।
१३. किनकी घाउ मा मल्हम होइन नुन हाल्ने बढी हुन्छन त्यसकारण आफ्नो दुख जो कोहिलाई नसुनाउनुस ।
१४. सबै कुरा कपि हुन सक्छ तर चरीत्र र व्यवहार होइन ।
१५. हाँसेर हरेक समस्यालाई सहेको छु मैले , र केवल यो आशामा कि मेरो आजभन्दा राम्रो भोलि हुन्छ ।
१६. याद राख्नुस , जो मान्छे भविष्यमुखी भएर बाँच्छ नि त्यो मान्छे जस्तो दुखी यो दुनियाँमा कोहि हुदैन ।
१७. करौडौ मान्छेको के कुरा गरु म… मेरो दुइवटा खुट्टा त एकैसाथ चल्दैन ।
१८. जमाना धेरै तिब्र हिड्दछ साथी… एकदिन केही नलेख्ने हो भने मान्छेले भुल्न थाल्छन ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !