प्रेरक लाइनहरु

मन छुनसक्ने केहि लाइनहरु-२

१. जिन्दगीसित तपाईं जे पनि राम्रो भन्दा राम्रो लिन सक्नुहुन्छ लिनुस, किनकी जब जिन्दगीले लिन शुरु गर्छ तब श्वास सम्म छोड्दैन ।

२. 10 मिलेर पनि दुई लाई पाल्न सक्दैन, तर दुई मान्छे यस्तो हुन्छ जो दुई भएर पनि 10 लाई पालिदिन्छ – आमा बुवा ।

३. जब हिड्न आउदैन थियो तब लड्न दिदैन थियो मान्छे… जबदेखी सम्हालेको छु आफुलाई कदम कदममा लडाउन सोच्छन मान्छे ।

४. निद्रा त बचपनमा आउथियो अब त बस मोबाइललाई रेस्ट दिनको लागि मात्र सुत्छौ ।

५. जब कसैले दिल दुखाउछ भने चुप लाग्नुपर्छ किनकी जसलाई हामी जवाफ दिन सक्दैनौ त्यसलाई समयले जवाफ दिन्छ ।

६. यस्तो खेल किन खेल्नु जसमा जित्नु फिक्स हुन्छ, खेलको मजा त त्यसमा छ जसमा हार्नुको रिस्क हुन्छ ।

७. फेरि देखि माटोमा खेल्न देउ ए जिन्दगी …. साफसुत्रा जिन्दगी त्यो माटोको भन्दा धेरै फोहोर छ ।

८. मतलबको दुनियाँमा सम्हालिएर हिड्नु …. यहाँ मान्छेले आफ्नै हातले गाडेर भुलिदिने गर्छन कि चिहान कुन थियो ?

९. मन्दिर पनि कस्तो गजबको ठाउँ हो … गरीब बाहिर भिख माग्दछ , धनी भित्र ।

१०. कसैलाई घर बनाउनमा जिन्दगी बित्ने गर्छ , कसैको घर यति धेरै कि वर्षैवर्षमा फेरीरहन्छ ।

११. हामी पनि फुलको जस्तै कति विवश छौ … कहिले किस्मतले टुट्छौ त कहिले मान्छेबाट ।

१२. समयले धेरै घाउ दिन्छ … त्यसैले घडीमा फुल होइन काँडा हुने गर्छ ।

१३. प्रेमको सम्बन्ध पनि कस्तो गजबको हुन्छ… मिल्यो भने `कुरा´ लम्बिन्छ, वियोग भयो भने `याद´ लम्बिन्छ ।

१४. सच्चा प्रेममा निस्किएको आँशु र बच्चाको आँशु एक समान हुन्छ, किनकी दुवैलाई थाहा छ कि दर्द के हो, तर कसैलाई भन्न सक्दैन ।

१५. मतलबको दुनियामा मान्छे अफसोस ले भन्छन, `कोहि कसैको हुदैन´ तर कसैले यो सोच्दैनन कि ` म कसको भए ?

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !