प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु सृंखला-२

१. मायाको दुनियाँमा कायल छन् सबै जना कसैले भन्छन् त कसैले लुकाउछन् तर घायल छन् सबै जना!

२. तितो सत्य आफ्नो अनुहार आफैंलाई थाहा हुन्छ ,कसैले तपाइको आवस्यकता भन्दा बढी बयान गर्यो भने सोच्नुस कि त्यो बयानको पछाडि के ही न केही स्वार्थ पक्कै लुकेको छ!

३. मान्छे जन्मिएर दुई साल पछी मात्र बोल्न सिक्छ तर के बोल्नु पर्छ भनेर सिक्नुको लागि उसलाई पुरै जन्म लाग्ने गर्छ!

४. त्यो मान्छे कहिल्यै पराई हुँदैन जसलाई आँखाले हैन मन मुटुले आफ्नो मानेको हुन्छ!

५. मान्छेलाई सत्य बोल्ने हिम्मत हुदैन, तर झुठो हेर त कति मिठासले बोल्छन्!

६. दुनियाँको सबभन्दा ठुलो आर्यघाट मान्छेको मन हो,जहाँ अनगन्ति सपनाहरु जलिरहेको हुन्छ प्रत्येक दिन आ~आफ्नो!

७. सारादुनियाँका सबै भन्दा राम्रो पुस्तक हामी स्वयम् हौ ,आफैलाई बुझ्नुहोस् सबैको समस्याको समाधान हुनेछ!

८. सफा मन र नरम व्यबहारले मागेर हेर्नु होस् मृत्यु बाहेक अरु सबै पाउछ!

९. सम्बन्धलाई जसले राम्रोसँगले निभाएको हुन्छ उसैलाई बिश्वासघात गर्छन् मान्छेले!

१०. सम्बन्धमा जब झुठो बोल्नु आवस्यकता पर्नु थाल्छ, तब सम्झनु होस् कि सम्बन्ध खतरा मुड्मा लम्किसकेको छ।।

११. मान्छेलाई माफी त बारबार गर्न सकिन्छ तर मान्छेलाई भरोसा बारबार गर्न सकिँदैन!

१२. तिमिलाई म पनि झुठो बोलेर समुन्द्र पार गर्न सक्छु, तर मलाई डुबाई दियो कि सॉचो बोल्ने बानीले।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !