प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु सृंखला-३

१. बर्षौ लाग्छ कसैलाई आफ्नो बनाउन, तर मान्छेलाई एक मिनेट लाग्दैन कसैलाई पराई बनाउन ।

२. उसको दिलमा धेरै चिज हुन्छ जसको गोजिमा केहि हुदैन ।

३. रुनु गल्ती होइन तर एउटै कारणको लागि पटक पटक रुनु यो पनि सहि होइन ।

४. मलाइ झर्दै गरेको पातले यो सिकाएको छ कि बोझ बन्नुभयो भने तब आफ्नाहरुले पनि तपाइलाइ झार्दिन्छ ।

५. कसुर निमको होइन कि उ तितो छ, कसुर मान्छेको हो, जसलाई खाली गुलियो मात्र मन पर्छ !

६. मान्छे लाई समयले भन्दा पनि मान्छेको स्वार्थि व्यबहारले सबै भन्दा धेरै परिबर्तन गर्नु सिकाउँछ।

७. म त दिल देखेर गरिन्छ साथी अनुहार हेरेर त सौदा मात्रै गरिन्छ !

८. सन्सारमा केवल मान्छे मात्र यस्तो प्राणी हो जसको बिष उसको दातमा होइन बात मा हुन्छ ।

९. महिलाले यदि सहन छोड्ने हो भने 90% घर बर्बाद हुन्छ ।

१०. मैले एउटा कुरा बुझे, बहस गर्दा सम्बन्ध कमजोर हुदो रहेछ त्यसैले Direct थप्पड हान्नुस ।

११. आवश्यकता भन्दा धेरै ” समय ” र ” इज्जत ” दिदा मान्छेले तपाइलाइ एकदमै गिरेको सम्झिन थाल्छ ।

१२. मान्छेसंग हराउने कोसिस गर्नु भन्दा मान्छेहरुको मन राख्ने प्रयास गर्नु होस् यसमा धेरै खुसी मिल्ने छ !

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !