प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु सृंखला-६

१. यो बुझ्नु होस् कि तपाईं जति धेरै Tension लिनु हुन्छ, तपाइको Life मा त्यति नै धेरै समस्या र कठिनाइ आउने छ।

२. त्यो सम्बन्धको के अर्थ जसले हास्न भन्दा बढी रुन सिकाउछ ,उमेर नपुग्दै रोगी बनाउछ एउटा मर्दा अर्को रमाउछ।

३. हजुरको दिललाई यति धेरै फराकिलो र ठुलो बनाउनु होस् कि दुनियाँ त यति सानो छ कि कुरै नगर्नु होस्

४. कस्तो गजबको छ समाज पनि यहाँ केटाको खराब नजर छ, तर शिर चाहिँ केटिले ढाकेर हिड्ने गर्छन्!

५. कति छिटो बुझ्छन् मान्छेले घृणा गरेको तर माया गरेको कहिल्यै बुझ्दैन!

६. कसैको मन मुटुमा,बस्नुलाई शरीर छुनु पर्दैन मात्रै उसको पिडा र दुख कष्टमा,मनको कुराहरु मात्रै बुझिदिए अनगिन्ती पुग्ने छन्!

७. फेरी फर्किएर त्यो व्यक्तिसंग कहिल्यै नजाउ जसले तिमीलाई छोडेको थियो,यदी उसले एक पटक छोड्न सक्छ भने दोश्रो पटक पनि सक्छ!

८. जसले तपाईलाई बारम्बार चाेट दिन्छ उसलाई तपाईंले पनि चाेट दिने काेसिस नगर, किनकी चाेटले सबैलाई पीडा मात्रै दिन्छ!

९. दुनियाँमा सब भन्दा राम्रो मान्छे स्वयम् आफैनै हो र आफैलाई बुझ्नुहोस् दुनियाँको सब समस्याको समाधान आफैंनै गरिने छन्!

१०. असल मान्छेमा पनि एउटा खराबी हुन्छ त्यो हो उसले अरुलाई पनि आफू जस्तै देख्ने गर्छ।

११. जहाँ आफ्नो हुन्छ त्यहाँ कुनै बहाना हुदैन, अनि जहाँ बहाना हुन्छ त्यहा कदपी आफ्नोपन हुँदैन!

१२. जीन्दगीमा जेसुकै हासिल गर्नु छ त्यसलाई समयमै हाँसिल गर्नुहोस् किनकी जीन्दगीमा समयले धेरै कम मौका दिन्छ र सबै भन्दा धेरै धोका मात्रै दिनेगर्छन्!

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !