यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह अठार

यहाँ हामीले मनछुने यथार्थ लाइनहरुको अठारौं संग्रह प्रस्तुत गर्दै छौ । जीवन र भोगाई सम्बन्धि यी भनाइहरुले यदि यहाँको मन छुन सफल रहेमा यो पोष्टलाई अन्य साथि माझ शेयर गर्न सक्नुहुनेछ, साथै अघिल्ला थप शृंखलाहरु एउटै स्थानममा पढ्न हाम्रो एप डाउनलोड गर्न सक्नुहुनेछ; एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला !

१. भनिन्छ नि ठूलो घरको छतबाट शहर देखिन्छ तर के थाहा झुपडीको आगनबाट संसार देखिन्छ भनेर ।

२. शहरमा जन्मिएर रहरमा हुर्किएकालाई होइन, गाउँको झुपडीको आँगनमा जन्मिएर गुन्द्रीमा हुर्किएकालाई सोध्नु, जिन्दगीको अर्थ के हो भनेर ।

३. गीतामा लेखिएको छ- निराश नहुनु ! कमजोर तिमी होइन, तिम्रो समय हो ।

४. संसारमा कोहि मानिस गलत हुदैन किनकि सत्यको परिभाषा हरेक व्यक्तिसँग फरक-फरक हुने गर्दछ ।

५. छोराको परिक्षा विवाह पछी हुन्छ, छोरीको परिक्षा जवानीमा हुन्छ, श्रीमानको परिक्षा श्रीमती बिरामी भएको अवस्थामा हुन्छ, श्रीमतीको परिक्षा श्रीमानको गरिबीमा हुन्छ, मित्रको परिक्षा समस्या आइपर्दा हुन्छ र दाजुभाईको परिक्षा लडाईको अवस्थामा हुन्छ ।

६. मृत्यु पछी तिम्रो श्रीमती तिम्रो घरसम्म, समाज मशानघाटसम्म र छोरा अग्निदानसम्म मात्र साथ हुन्छ तर तिम्रो कर्म मात्र यस्तो चिज हो जुन इश्वरको अन्तिम निर्णय सम्म पनि तिम्रो साथ हुन्छ ।

७. अनुमान गलत हुन सक्छ तर अनुभव कहिल्यै पनि गलत हुन सक्दैन किनकि अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जीवनको सिकाई ।

८. कोहि मान्छे यति धनि पनि कहिल्यै बन्न सक्दैन जसले आफ्नो बितेका पललाई किन्न सकोस र कोहि मान्छे यति गरिब पनि कहिल्यै हुदैन कि उसले आफ्नो भविष्यलाई बदल्न नसकोस् ।

९. जब हामीले सम्बन्धको लागी समय निकाल्न सक्दैनौ तब समयले हामीबाट सम्बन्ध निकालीदिन्छ, त्यसैले आफ्नो सम्बन्धको लागि समय निकाल्ने गर्नुस् ।

१०. मान्छेले तपाईसँग होइन, तपाईको परिस्थितिसँग हात मिलाउने गर्छ, त्यसैले अरुलाई दोष नदिनु, आफ्नो परिस्थिति सुधार्ने कोसिस गर्नु ।

११. दुनियाले यो हेर्दैन कि पहिला तिमी के थियौ, दुनियाले त यो हेर्ने गर्छ कि आज तिमी के छौ ।

१२. यदि खेतमा बाली लगाइएन भने प्रकृतिले त्यसमा घाँस उब्जाईदिन्छ, ठिक त्यसैगरी यदि दिमागमा सकारात्मक सोच भएन भने नकारात्मक सोचले आफ्नो ठाउ बनाईदिन्छ ।

प्रतिक्रिया

Leave a Reply to Samjhana Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!