प्रेरक लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन छैसठ्ठी

१. निकै सोचेर मात्र गर्नुहोला कसैसंग प्रेम, कसैसंग कुरा, अनि कसैमाथि भरोसा ।

२. म सरै दोधारमा परे दुश्मनले आफ्न्तको नकाब भिरे कि आफन्त नै दुश्मन भए ।

३. साथ दुई दिनको किन नहोस तर सच्चा होस ।

४. जब भरोसा अरुमा नभइ आफुमा गर्न थाले तब पो खुसी हुन थाले आजकल ।

५. बरु खराब बन तर मेरो अगाडि देखाउनको लागि राम्रो नबन ।

६. धेरै भन्दिन म कैले काहीँ सफाइ दिनु भन्दा चुप लाग्नु नै बेस लाग्छ ।

७. जसले आज एकछिन समय दिदैन उसले जिन्दगीभर साथ कसरि दिन्छ ।

८. गल्ती भयो भनेर किन आत्तिने गल्ती बाटै त हो मान्छेले धेरै कुरा सिक्ने ।

९. एउटा सुन्दर सम्बन्ध त्यहा हुन्छ जहाँ एक अर्कासङ्ग केही कुरा लुक्दैन ।

१०. परिवार पछिको एउटै साहारा हौ तिमी हसाउन सक्दैनौं भने रुवाउने काम त नगरिदेउ ।

११. अध्यारोमा छोडेर जानेहरूसंग प्रकासको आशा गर्नु एउटा मुर्खता बाहेक केही होईन ।

१२. जीवनको हरेक पाटोलाइ जिउनु सक्नु नै सार्थक जीवनको एउटा नया अध्याय हो ।

प्रतिक्रियाहरु

Leave a Reply to Timwal Ton Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!